गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् ।

उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए ।

आइतबार मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो । उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत