१७ लाख भारु सहित धनगढीबाट दुई युवक पक्राउ



धनगढी । सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई युवकलाई १७ लाख भन्दाबढी भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

उनीहरूलाई शनिबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले केन्द्रीय ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(१ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामी रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

उनीहरुको साथबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद रुपैयाँ थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत