खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव३७ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उनले बताए ।

पक्राउ परेका सुमितको साथबाट २४दशमलव४७० ग्राम, लबिको साथबाट २५दशमलव६४० ग्राम र बबिको साथबाट २८ दशमलव२६० ग्राम लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए । तीनै जनाको साथबाट लागुऔषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागुऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत