नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गर्ने मकवानपुर घर भई हाल ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी हालसम्म १० लाख ३५ हजार रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताए ।

अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्यालसँग प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको सवारी चालक अनुमतिपत्र, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत

वायु सेवा निगमको न्यारोबडी जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी