युवकमाथि छुरा प्रहार गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–५ टीकाथली बस्ने २७ वर्षीय दीपेश शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्याएको छ ।

उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ । शाक्यमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वायु सेवा निगमको जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।