मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ



काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिए । “पक्राउ दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पुर्याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ ।

यसैगरी, भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी प्रलोभनमा पारेर काठमाडौँ विमानस्थलबाट दुबई भनी कुवेतको घर मालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रवक्ता मल्लले बताए । पक्राउ तीनैजनालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग