८३ लाख नगदसहित धनुषाबाट दुई जना पक्राउ



जनकपुरधाम । स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकमसहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ । मंगलबार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका–१ ईनर्वा चेक प्वाईन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइरहेकामा शंकाको आधारमा चेक गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो ।

प्रहरीले १ हजारको ७ हजार थान नोट, ५ सयको २ हजार ६९९ थान नोट, १ सयको १ सय थान नोट, ५० को १ सय थान नोट बरामद गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको