गैंडा मारेर १५ वर्ष जेल सजाय भोगेर छुटेका बमबहादुर प्रजा फेरि सोही अभियोगमा पक्राउ



काठमाडौं । गैंडाको खाग तस्कर चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको हो । त्यस्तै कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा पनि सोही आरोपमा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।

२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले निकुञ्जलाई बुझाएको छ । आरोपीलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ । यसअघि गैंडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् ।

उनी २०६० देखि २०७० सम्म जेल बसेर रिहा भएका हुन् । बमबहादुर प्रजा २०६० देखि २०७५ सम्म १५ वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैंडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएको अनुसन्धानबाट थाहा भएको छ । रामकुमार प्रजाका भाइ राजकुमारलाई प्रहरीले २०७१ मा मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । २८ वटा गैंडा मारेको कसुरमा अहिले उनी जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको