सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान



काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने जनार्दन अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए। उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०