आफ्नो अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग्ने कृष्ण शर्मा पक्राउ



काठमाडौं । अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती मागेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी, राजगढ गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा छन् ।

प्रहरीका अनुसार उनी असार १ गते घर परिवारलाई रकम पठाउन जान्छु भनी कोठाबाट हिँडेका थिए । घरबाट हिँडेका उनी एक्कासी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए । खोजी गर्दा उनी फेला नपरेपछि प्रहरीमा खोजीका लागि आफन्तले निवेदन दिएका थिए ।

तर, असार २ गते उनले प्रयोग गर्ने सामाजिक सञ्जाल इमोबाट परिवारलाई परिवारलाई कृष्णकुमार शर्मालाई अपहरण गरेको र उनलाई मार्नको लागि आठ लाख प्राप्त भइसकेको र बीस लाख फिरौती रकम दिएमा अपहरण मुक्त गरिदिने सन्देश आएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीलाई खबर गरेमा र दुई दिनभित्र भने जति रकम नदिएमा मारिदिने धम्कीपूर्ण म्यासेज र अपहरण परेको भिडियो क्लिपसमेत पठाइएको थियो । महानगरीय अपराध महाशाखाले घटनाबारे मोरङ प्रहरीको समन्वयमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानकै क्रममा घर परिवारलाई डर–त्रास देखाई दबाब दिन नियोजितरूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुलेको छ । उनलाई आइतबार विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्र कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०