विवाहको प्रलोभन, बलात्कार अनि लुटपाट



काठमाडौं । २४ वर्षीया महिलालाई करणी गरी एक लाख नगद र गहना लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षका विश्व तामाङलाई पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाएर काठमाडौं ११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएको र साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेठ २९ गते राति ती महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरी तामाङ फरार भएका थिए।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को देहाय २१९ को करणी गर्न नहुने र परिच्छेद–२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।