कुवेतबाट आएका एक नेपाली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित पक्राउ



बुटवल  । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई पक्राउ गरेको छ ।  जजिराको जहाजबाट आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवरले मोजामा लुकाइ राखेको अवस्थामा १ सय २२ ग्राम सुनका गहना बरामद गरेको प्रहरीले जनाएको छ ।

कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा ३ वटा सिक्री र एउटा ब्रास्लेट बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तिर्थराज पासवानले जानकारी दिए। उक्त गहनाको अन्दाजी मूल्य ९ लाख ९० हजार हुने विमानस्थल भन्सारले जनाएको छ ।

बैधानिक रुपमा ५० ग्राम सम्म सुन ल्याउन पाइने व्यवस्था रहेपनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय