अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको पाँचखाल र शिवपुरीको भ्रमण(फोटोफिचर)



काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिन पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्। चार दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले सोमबार शिवपुरस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गरे ।

अमेरिकी टोलीसहित पाँचखाल पुगेका फ्लिनलाई त्यहाँको शान्ति कार्य निर्देशनालयका निर्देशकले स्वागत गरेका थिए। अमेरिकी टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षकोफ बारेमा जानकारी गराएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। अमेरिकी टोलीले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न पदर्शनीको अवलोकनसमेत गरेका थिए । आजै शिवपुरी भ्रमणमा पुगेका उनलाई नेपाली सेनाको स्टाफ कलेजका शिक्षाध्यक्षले स्वागत गरेका थिए।

सोही अवसरमा तालिमरत शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेको सेनाले जनाएको छ । फ्लिनले कलेज परिसरमा वृक्षारोपणसमेत गरेका थिए। बिहीबार नेपाल आएका फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग दुई देशको हित सम्बन्धमा भेटवार्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिसस म्याग्दीका प्रमुख पक्राउ

म्याग्दी । सहकारीको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा

बौधीमाई नगरपालिकाका मेयरद्वारा प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

अहङ्कारको सीमा

-डा. गोविन्दशरण उपाध्याय । हाम्रो ब्रह्माण्ड प्रत्येक सेकेन्डमा ६०० किलोमिटर फैलिरहेको छ ।