अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ



इलाम । करणी गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको