निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाउने चार आरोपी थुनामा



काठमाडौं । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो । यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन् ।

अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन् । अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका