अछाम घटनामा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता



अछाम । अछामका विनोद शाहीको मृत्यु भएको घटनामा परिवारले १३ जनाविरूद्ध जाहेरी दिएका छन् । पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए। यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी नायब उपरीक्षकको टोलीले गरिरहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले अन्त्येष्टी समेत गरेका हुन् । शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए। उनको जेठ २१ गते शनिबार बिहान करिब १० बजे शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका