बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु, तीन गम्भीर घाइते



बागलुङ । ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आइतबार दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको