मानव अंगसहित भारतीय विद्यार्थी पक्राउ



विराटनगर । मानव अंगसहित विराटनगरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो । प्रहरीले सिन्हाको साथबाट मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, घाँटी, हिप, ढाड, औंला र कुरकुच्चाका हड्डी गरी ४६ वटा मानव हड्डी बरामद गरेको छ ।

उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको आशंका प्रहरीको छ । सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली