सुर्के थैलीमा लुकाई राखेको एक किलो चरेससहित एकजना पक्राउ



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आइतबार एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ । मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ । पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

काभ्रे । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत