मासु काट्ने दाउले हानेर श्रीमतीको हत्या



काठमाडौं । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

हत्या आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति पौने ११ बजे डेरा कोठामा उनीहरूबीच घरायसी विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा श्रीमानले मासु काट्ने दाउले घाँटीमा प्रहार गरेका थिए ।

घटनाबारे प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट टोली खटिएको थियो । टोलीले गम्भीर अवस्थामा रहेकी लक्ष्मीलाई बुढानिलकण्ठ–१३ चुनिखेलस्थित करूणा अस्पतालमा लगेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका