काठमाडौंको नयाँबजारबाट लुटेरा समूह पक्राउ



काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न आठ जनाको समूहलाई पक्राउ गरेको छ । आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देवीप्रसाद धिताल, धुनेबेसी–३ धादिङका शंकर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा–४ कञ्चनपुरका सुवाष रतोकी, शुक्लाफाँटा–२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक–८ पाँचथरका भविन्द्र बेगा, नौमुले–५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी–६ प्युठानका कमल सुनार छन् ।

महाशाखाकाअनुसार फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका–१६ स्थित राजेन्द्र साकीको फार्मेसीमा लुटपाट गरेका थिए । उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने