बैंकको एटिएम फोड्दै गरेका बेला एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने