वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पुर्याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनीविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ मागदाबी लिई विशेष अदालतमा बिहीबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साविकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हकभोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनीविरुद्ध परेको थियो ।

उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ रुपैयाँ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने