इन्टरपोलको सहयोगमा हत्याका अभियुक्त १७ वर्षपछि साउदी अरबमा पक्राउ



काठमाडौं । प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं शाखाबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर बुधबार राति नेपाल ल्याएको हो ।

प्रहरीका अनुसार अभियुक्त मगरले १३ मंसिर २०६१ मा उदयपुरका मानबहादुर तामाङको हत्या गरेका थिए । उनीबिरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए ।

जिल्ला अदालत उदयपुरबाट पक्राउ पूर्जी जारी भएर इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरीले इन्टरपोल महासचिवालयलाई पत्र लेखेको थियो । महासचिवालयले मगरको खोजीका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गरेको थियो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,