रौतहटबाट स्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित एक भारतीय पक्राउ



रौतहट । सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आइतबार स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला–७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वार्टर रौतहटले जनाएको छ ।

विशेष सूचनाको आधारमा ११ नम्बर गण हेडक्वार्टर रौतहट र प्रदेश नं २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

जैसवाललाई मोटरसाइकल तथा शरीरको खुट्टा, पेटलगायत स्थानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने