ट्याक्सी प्रयोग गरी सहकारी चोरी गर्ने समूहका ६ जना पक्राउ



काठमाडौं । रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका–१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९.५ किलोग्राम पित्तलको तारका क्वाइलहरु बरामद गरेको छ । चोरीका सामानसहित पक्राउ परेका उनीहरुमाथि थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अपराध महाशाखाका अनुसार उनीहरुले चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित बिशाल प्लाष्टोक्याब ई. प्रालिको कारखानाबाट करिब १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरेको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप