विदेशबाट अवैध रूपमा सुन भित्राउने क्रम रोकिएन, तीनजना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्राउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्राएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले शनिबार जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ । यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप