राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउन परिषदले सरकारलाई दबाब दिने



काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले राष्ट्रिय एकता दिवस राष्ट्रिय रूपमा मनाउन सरकारलाई दबाब दिने भएको छ । सोमबार परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको १९ बुँदे माग पूरा गर्न दबाब दिने बताएका हुन् ।

प्रधानमन्त्रीसमक्ष पेश गरिएको ज्ञापन पत्रको बुँदा नम्बर १८ मा “राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र मार्गदर्शनलाई राष्ट्रले भुलेको छैन र भूल्न पनि हुँदैन त्यसैले राष्ट्र निर्माताको सम्झनास्वरूप राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउने व्यवस्था गरिनुपर्ने”माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसारका कुनैपनि मुलुकले आफ्नो राष्ट्र निर्मातालाई बिर्सेर मुलुकको इतिहास नै मेटाउने गरेको देखिदैन । साना(साना राज्यमाविभाजितबाईसे चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको परिकल्पना श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नगरेको भए ती राज्यहरूसँगै नेपालको अस्तित्व कल्पना नै गर्न सकिँदैनथ्यो । अहिले हामी नेपाली हौं भन्ने गर्व गर्दछौं भने हाम्रो देश नेपाल बनाउने राष्ट्र निर्माताको योगदानलाई किन कदर नगर्ने ? विभाजित राज्यहरुलाई एकै सूत्रमा बाँधी विशाल नेपाल स्थापना गर्ने सपना साकार पार्न अघि बढेका राष्ट्र निर्माताको जन्मदिन सदिऔँदेखि राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाउदै आएको इतिहास साक्षी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने