स्वतन्त्र न्यायालयको पक्षमा उभिन डिएलएको आह्वान



काठमाडौं । नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुुट भएर उभिन आह्वान गरेको छ ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहालले जारी गरेको विज्ञप्तिमा सबै सेचत समुदायलाई संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरिएको छ ।

“अन्तर्राष्ट्रिय तहमा हाम्रो न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आजपर्यन्त गौरवपूर्णरुपमा छ, सो साख जोगाउँदै यस विषम् परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णीम इतिहासलाई जोगाउन अघि बढौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, न्यायपालिकाभित्र रहेको विकृति, विसङ्गति, भ्रष्टाचार समाप्त गर्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशीघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि

गृहमन्त्रीविरुद्धको मुद्दामा अग्राधिकार दिँदै सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, अर्को पेसी जेठ २८ मा

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेको रिटमा

एक महिनामा ३८ हजार भारतीय पर्यटक भित्रिँदा चीनबाट आठ हजार तीन सय भित्रिए

  काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका

सङ्खुवासभाको भोटखोलामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

  किमाथाङ्का (सङ्खुवासभा) । संखुवासभाको  भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य