कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको बुधबार विहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशको सङ्ख्यामा रहेका जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

“डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।” घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र

आकर्षक गन्तव्यको रुपमा विकास हुँदै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

अच्युत रेग्मी, धादिङ ।  स्वच्छ हावापानी, घना जंगल, चराको चिरबिर आवाज, जंगलभित्र ढकमक्क

गृह मन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न दियो तीन बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत