१९ वर्ष जेल सजाय भुक्तान गरी आएका व्यक्ति फेरि चरेश कारोबारमा संलग्न



काठमाडौं । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्यामप्रसाद रोका र वीरबहादुर रोकामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चार किलोग्राम ३५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिलबहादुर रोका, अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ समेतलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

साथै कतार पठाउन चरेस दिने उर्पा तामाङलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेस तीन किलोग्राम ५७९ ग्राम, चरेसको पाता बनाउनको लागि प्रयोग गरिने औजारलगायतका सामानसमेत बरामद गरी उनीसँग चरेसको कारोबारमा संलग्न वीरबहादुर तामाङलाई भदौ ३० गते नुवाकोट विदुर नगरपालिका–९ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उर्पा तामाङ र वीरबहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशमा चरेस निकासी गर्दै आएको र पछिल्लो समय लागुऔषध मेथामफेटामाइनको धन्दासमेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ विसं २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी विसं २०७३ मा रिहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत

चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका

मर्मतपछि दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति