बेचनीदेवीको हत्या अभियोगमा साह दम्पतीलाई जन्मकैदको सजाय



राजविराज । सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ ।

राजविराज–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई यस्तो फैसला गरेको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।

अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।

साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका

मर्मतपछि दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,