आँखा अस्पतालमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने गिरोह पक्राउ



काठमाडौं । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा प्रहरीले धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए र त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए ।

उनीहरुले अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड तयार गरी नागढुंगामा आउनु भनेर उनीहरुले धम्की दिएको अडियो पनि प्रहरीले फेला पारेको छ । उनीहरुलाई जिल्ला अदालतवाट अपराधिक लाभ (एक्सटर्सन) मुद्धामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका

मर्मतपछि दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा

जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रीको निर्देशनः तत्काल लाभग्राहीहरुको विवरण पठाउनु

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र