म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी महंगो मूल्य बिक्री गर्ने पक्राउ



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्तरूपमा छापा मारेको हो ।

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चक्लेट, सोयाविन एवं बिस्कुुटलगायतका करिब एक दर्जनजति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार लेबल गर्नेसहित दुई वटा भण्डारणस्थल (गोदाम) सिलबन्दी गरेर थप अनुसन्धानका लागि पुनःलेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद गरिएको छ ।

सो कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अगद नेपाल भेन्चरका सञ्चालक प्रभाव देव फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभागले काठमाडौँको सानो भर्याङस्थित समिट कमर्सियल प्रालिले कस्मेटिक तथा सवारीसाधन सफा गर्ने प्रयोग वस्तुमा नयाँ मिति राख्ने गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरी सञ्चालकसहित तीन जनालाई प्रक्राउ गरिएको थियो । पक्राउ परेका तीन जनालाई जनही १५/१५ लाख धरौटीमा रिहा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्मतपछि दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

बिपी राजमार्गमा रोकिएका सवारी साधन भकुण्डे–तेमाल मेच्छेपौवा सडकबाट गन्तव्यतर्फ पठाइँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।