ठमेलमा चिनियाँ नागरिकद्वारा अवैध मदिरा कारखाना संचालन



काठमाडौं । काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध रुपमा मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारी १० हजार लिटर मदिरा बरामद गरेको छ ।

घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा महाशाखाको टोलीले शुक्रबार छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरेको हो । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति नलिई अवैध मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।

प्रहरीले रक्सी उत्पादन गर्ने चार वटा मेशिन पनि बरामद गरेको छ । चिनियाँ नगरिकले रक्सी उत्पादन गर्न पाँच तले घर भाडामा लिएर त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र

मधेसका मुख्यमन्त्री सिंहलाई यसवर्षको महामूर्खको उपाधि

धनुषा ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

बेलबारी । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक