युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गरेको अभियोगमा आठ जना पक्राउ



काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।

युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षीइ जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यसैगरी पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम ।  पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली ।  विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको