राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना पूर्पक्षका लागि थुनामा



कर्णाली । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत चलान गरिएको छ । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई उनीहरुले जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटलमा लगेर यौनहिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले ती युवाविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम ।  पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली ।  विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको