करेन्ट लागेर सोलुमा दुई जनाको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नम्बरको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।

उनका अनुसार लोवेट चालक बडीगङ्गा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ८ः४० बजे सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिए ।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार सामान्य घाइते भएको बताइएको छ ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ टोलीलाई पोखरामा आयोजित अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको दोहोरो उपाधि

पोखरा । पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि चिनियाँ टोलीले जितेका

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

  काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू

धनुषा । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

चितवन ।  नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रूपमा गिरावट आएपछि किसान र