ट्राफिक प्रहरीद्वारा यात्रुसँग बढी भाडा लिने थप दुई जना पक्राउ



काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्ने थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदयनारायण साह रहेका छन् । साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए ।

त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई समेत बुधबार ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाएको छ । पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रतिव्यक्ति पच्चीस सयदेखि तीन हजार रुपैयाँसम्म लिने गरेका थिए । उनले ना७ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरि हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भएपश्चात बढी भाडा लिई यात्रु ठग्ने बिरुद्ध कारबाही अभियान संचालन गरि छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको छ । टोलीले सुचना संकलन गर्ने, निगरानी गर्ने, यात्रु बनेर भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण

  तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना हुँदै

  लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने