सामाजिक सञ्जालको प्रयोग गरी लाखौं ठगी गर्ने झापाका पंकज पौडेल फक्राउ



काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन ।

महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौँ रकम गुमाउन पुगेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायतबाट सिङ्गापुर, लण्डन, कोरियाको नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै २६ लाख ठगी गरेको पाइएको छ ।

यसरी ठगीमा झापाका ३० वर्षीय पङ्कज पौडेल रहेको र उनलाई थप कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

उनले कतिपयलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको पाइएको छ ।

उनले रकम निकाल्दा रकम पठाएका व्यक्तिको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र पेश गरी रकम लिने गरेको पाइएको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट एक करोड ९५ लाख प्राप्त गरेका अभिलेख फेला परेको छ ।

प्रहरीले उनको साथबाट १३ लाखसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामग्री फेला परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर