५० हजार धरौटीमा छुटे भाइरल अर्जुन विक



काठमाडौं । शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेका कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जवरा राणाले जानकारी दिए ।

विक यसअघि ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ परेका थिए । उनलाई भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएको आरोप लागेको थियो ।

त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् । उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले विकको निरन्तर खोजी गरेको थियो ।

विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिठ्युमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए । भाइरलपछि उनी केही म्युजिक भिडिओमा पनि देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

  काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले