स्रोत नखुलेको ३७ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो ।

झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो । पक्राउ गुरुङसँग प्रहरीले ३७ लाख नगद, सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर