विष्फोटक पदार्थसहित कालीकोटमा दुई जना पक्राउ



मान्म । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।

अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए । अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारवाही हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ