गैंडाको खागसहित किमडोलबाट पाँच जना पक्राउ



काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको स्वयम्भू किमडोलबाट पाँच जनालाई गैंडाको खागसहित पक्राउ गरेको हो । अवैध रुपमा गैंडाको खागको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो ।

टोलीले काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका ६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङलाई पक्राउ गरेको हो ।

बिक्रीका लागि कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ