रात्रिकालिन व्यवसाय सञ्चालनको माग गर्दै व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा उनीहरुले व्यवसाय खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् । यसअघि पटक पटक आफूहरुले व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै सडकमा आउनुपरेको उनीहरुले बताएका छन् ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ ।

उनीहरुले सवै क्षेत्र खुल्ला भइसकेको र अब दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपर्नेमा त्यसको सुनुवाई नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

नेपाल भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण