कोरोना संक्रमणबाट विश्वमा एकैदिन ७ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४०९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५७१ पुगेको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५४१ पुगेको छ । संक्रमितमध्ये ४ करोड ७ लाख ६५ हजार ५२१ जना संक्रमण मुक्त भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड ६८ लाख २४ हजार ४ सय बढी उपचाररत छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड २५ लाख ८८ हजार ६६१ पुगेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६२ हजार ६९६ पुगेको छ भने अहिलेसम्म ७४ लाख ५२ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, भारतमा हालसम्म ९१ लाख ४० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये एक लाख ३३ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८५ लाख ६१ हजार बढी निको भइसकेका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख ७१ हजार नाघेको छ भने १ लाख ६९ हजार १९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ३२ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप