५८ बोतल एसिडसहित जनकपुरबाट एक व्यापारी पक्राउ



जनकपुरधाम । जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नम्बर २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताइन् । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ