भेरी अस्पतालका लेखा अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री, सहलेखापाल पैमबहादुर खत्रीको मिलेमतोमा आर्थिक वर्ष २०७६/०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलबाट १९ लाख १३ हजार ७० बराबरको नगद र जिन्सी लिई भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले नेपाल स्टोर नेपालगञ्जका सञ्चालक साहिद हुसेन हलवाईविरुद्ध २० हजार, लुम्बिनी स्टेशनरीका सञ्चालक पूर्णीमा भण्डारीविरुद्ध ४५ हजार, कमला इन्टरनेशन तथा कृष्णा इन्टरनेशनका सञ्चालक दिपेन्द्र अग्रवाल, हनुमत स्टेशनरीका सञ्चालक राजेन्द्रकुमार सोनीविरुद्ध ९९ हजार रुपैयाँबराबरको मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले रिजाल इन्फोसिसका सञ्चालक सुदिप रिजालविरुद्ध ६० हजार, रोशनी स्टिलका सञ्चालक इजामुद्दिन खाँविरुद्ध ६० हजार, रुबी इलेक्ट्रिकलका सञ्चालक अब्दुल अलि अन्सारीविरुद्ध ५६ हजार, अम्बे फर्निसिङका सञ्चालक पङकजकुमार श्रेष्ठविरुद्ध ९६ हजार, न्यू निजाम स्टोर नेपालगञ्जका सञ्चालक कमालुद्दिन मुकेरीविरुद्ध एक लाख ६१ हजार र ओसियन इन्टरनेशनका सञ्चालक अविनशकुमार अग्रवालविरुद्ध एक लाख १८ हजार ६०० रुपैयाँ बराबरको बिगो दावी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

आयोगले केही समय पहिले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई विभिन्न फर्म तथा पसलेबाट कमिसन वापतको रकम र चेक समेत लिएको भन्ने सूचानका आधारमा १६ लाख १३ हजार ९७५ रुपैयाँ स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा लेखा अधिकृत, कम्प्युटर अपरेटर, लेखापाल तथा सहलेखापालको मिलेमतोमा नै व्यवसायीसँग पैसा उठाएको पाइएको थियो । सरकारी कर्मचारीलाई गैरकानूनी रुपमा घुस दिएको पाइएपछि आयोगले कर्मचारीसहित व्यवसायीविरुद्ध समेत आज विशेष अदालतमा बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका