तनहुँ हाइड्रोसँग स्थानीयको ३५ बुँदे माग



दमौली । तनहुँ जलविद्युत आयोजनाले आफ्ना माग सुनुवाई नगरेको भन्दै झण्डै पाँच सय स्थानीय प्रदर्शनमा उत्रिएका छन् । आयोजना प्रभावित ऋषिङ १ का झण्डै पाँच सय स्थानीयले आयोजना अगाडि धर्ना दिंदै माग सुनुवाईका लागि ध्यानाकर्षण गरेका हुन् ।

आयोजनाको सुरुङको काम गर्दा झापुटारमा वितरित दुई मुहानको पानी पाईपलाईन फुटे पनि मर्मत नभएको, साल्बास सामुदायिक वनको काठ कटानी गर्दा उपभोक्तालाई जानकारी नदिएको र काटिएका काठ हराएको तथा स्थानीय रोजगारी आदिमा प्राथमिकता नदिएको भन्दै वनका अध्यक्ष केशरबहादुर थापाको नेतृत्वमा गएको टोलीले आयोजनास्थलमा प्रदर्शन गरेको थियो ।

स्थानीयले आयोजनालाई मागपत्र पठाउँदै स्थानीयले ३५ बुँदे मागपत्र पेश गरेका छन् । आयोजना प्रमुख घिमिरेले माग प्राप्त भएको र प्राथमिकतामा परेका कतिपय माग पुरा हुने सूचीमा नै रहेको बताए । उनले खन्ने काम भैरहेकाले पानीको पाईप तत्काल मर्मत गर्न नसकिए पनि अब मर्मत गर्ने र अरु माग पुरा गराउन पनि सहकार्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घटेको छ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

  काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।