डा. शिलु श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा नियुक्त



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालले डा. शिलु श्रेष्ठलाई सरकारले राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा नियुक्त गरेकोमा श्रेष्ठलाई बधाई दिएको छ ।

डा. श्रेष्ठको बिशेषज्ञताबाट आउने दिनहरुमा अझै सशक्त रुपमा उनले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विश्वास गर्दै अस्पतालले बधाई दिएको हो । डा. श्रेष्ठ केही वर्षदेखि ब्लूक्रस अस्पतालमा कार्यरत थिइन् ।

लोक सेवाको एघारौं तहको परीक्षा पास गरी उत्तीर्ण भएसँगै भदौ एक गतेको मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १८ अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा नियुक्त गरेको थियो । एक दशक अगाडिदेखि आफ्नो चिकित्सकीय क्यारिएर शुरु गरी बिरामीको सेवामा तल्लिन रहने उनी हाल ह्याण्ड एण्ड रिकन्स्ट्रकटिप माईक्रो सर्जरी सर्जनको रुपमा अतिशूक्ष्म तथा जटिल शल्यक्रियाबाट बिरामीहरुको स्वास्थ्य सेवा प्रदान गर्दै आएकी थिइन् ।

सिंगापुर स्थित National university Hospital बाट तालिम प्राप्त गरेपछि अमेरिकाको Standford University, Shrinners Hospital, University of California तथा अन्य विश्व प्रशिद्ध युनिभरसिटीहरुबाट अनुभव हासिल गरिसकेकी डा. श्रेष्ठ हाल ब्लू क्रस अस्पतालमा बरिष्ठ ह्याण्ड एण्ड रिकन्स्ट्रकटिप माईक्रो सर्जरी सर्जनको रुपमा आंशिक रुपमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा

काठमाडौं ।  भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन्

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा । बाटो खन्ने क्रममा ढुङ्गा खसेर अजिरकोट गाउँपालिका–१ स्थित चिस्याङमा स्काभेटर चालकको